Banodita

Stories, Reflections & Everyday Moments

Type keywords, titles, or topics to find pieces...

Tiffin Batta

October 4, 2026

Share:
Tiffin Batta

टिफिनबट्टाः हिजो र आज

एक जोडी दाजुभाइ विद्यालय जान घरबाट निस्किन्छन्, करिब एक वर्षको फरक हुदेहो, यहि ४ र ५ कक्षामा पढ्ने जस्ता। भाइको हातमा टिफिन बट्टा थियो। घरबाट केहि पर पुगेपछि, सकसक लागेछ क्यारे, भाइले टिफिन खोलेर हेर्न खोज्दै थियो, बट्टा खुलेर खाजा सबै भुईमा झरि त हाल्यो। चाना पारेर काटेका स्याउ, दुइटा खजुरी र अलिकति फुरनदाना बाटो भरी भए।

“तलाई किन हेर्नु परेको बाटोमा? मैले जस्तै झोलामा राख्न सक्दिन थिइस?” दाजुकेहि तनाबमा करायो।

”मामुले दुइदा खजुरी छ भन्नुभएको थियो, एउटा खाइहाल्छु भनेको, झरी त हाल्यो” भाइले रुन्चे स्वरमा उत्तर दियो।

“ल, ल, रुनु पर्दैन, तेरो दाइ छदैछनी, मेरो टिफिन लैजा, आशु पुछ ।” एक वर्ष मात्र फरक तर दाजुले आफ्नो भाइलाई समस्या पर्दा बिना लोभ गरी सम्पुर्ण खाजा जिम्मा लगाएको दृश्य निकै ममतामयी थियो।

भाइ दंग परेर टिफिन त लियो तर एकछिन पछि के सोचेछ र दाइलाई सोध्यो, “हजुरले चाहि खानु पर्दैन दादा”

“मेरो पिर नगर। म साथीको बाट खाइहाल्छु नी”

“किन साथीको बाट खाने दादा, हामी आधी आधी खाऊ न” साथी भन्दा त दाजुभाइनै आत्मिय हुने तत्व ज्ञानलाई बाल मनोविज्ञानले कति मिठो सित बुझेर प्रस्तुत गरिदियो।

भmरेको टिफिनलाई टुमलेटको पानीले सफा गरेर दाजुभाइले टिफिन बाडे।

त्यो दिन र आजको दिन, करिब दुइ दशक बितेछ। भाइ दाजुलाई भन्दै थियो, दादा मेरो बुढिले भाउजुलाई अचार पठाएकी रहिछे, टिफिन बट्टा फिर्ता आएन, महंगो टिफिन बट्टा हो भनेर कचकच गर्छे, त्यहि लिन आएको। अर्काको सामान ल्याए पछि त फिर्ता दिनुपर्छ नी दादा ।

बट्टा भित्रको कुरा बाडेर खादा सस्तो महंगो केहि थिएन, सबै आफ्ना थिए, कोहि आर्का थिएनन् । एक अर्काको जरुरतमा काम लाग्न सक्दाको आनन्द अरु केहि चिजले दिन सक्दैन थियो । मान्छेको प्राण र आफन्तको सुख चयन सर्वोपरी थियो । तर पैसाको मोल बुझे पछि, मान्छेको जीवन, माया, भावना सस्तो हुन थालेछ क्यारे, बाँकि संसारिक चिज महंगो। यो कस्तो ज्ञान बढ्दै जादो रहेछ, उमेर बढ्दै जादा मान्छे भन्दा भौतिक चिजको महत्व धेरै छ। प्रगति गर्नुपर्छ, सम्पत्ति जोड्नुपर्छ तर कसको लागि जोड्ने आफ्नो र परिवारको लागि हुनुपर्ने हो । आजको युगमा कसको घर कत्रो र घरधनी म हो या होइन ले आत्मसन्तुष्टि दिने रहेछ। त्यो घरमा कति जाना हाँसीखुशी बस्दछन्, दुखसुखमा साथ छन् त्यसको मोल र महत्व हराउदै छ।

डेरामा बस्ने एक जोडी अफिसबाट फर्कन्छन्, मिलेर खाना पकाउँछन्, सासुससुरालाई खुवाउछन्, केहि बेर टेलिभिजन हेर्छन र शान्त सित सुत्छन्।्

उनका आँखामा पछि सपना त छ, एकदिन आफ्नो घर हुन्छन्, उन्नति प्रगति हुन्छ तर आज पनि उनीहरु रमाएका छन् किनकी एक साथ छन्, जे छ त्यहि बाडेर लिएका छन्, जीवनका सुख पनि, संघर्ष पनि, आनन्छ पनि, कष्ट पनि। त्यसैले त हास्न छोडेका छैनन्।

परिवार साथ लिएर महल बनाएकाहरुमा पनि यो खुशी भेटिन्छ। तर परिवार त्यागेर सम्पत्ति जोड्नेहरु चाँदिको चम्चाले सुनको थालमा खादा पनि खुलेर हास्न सक्दैनन्।

मान्छेको जीवन अनमोल छ, गुमे पछि फिर्ता आउदैन, शास रहुन्जेल आश हुन्छ र आफन्तको आड रहुन्जेल अवसर पनि। लडे पछि उठ्ने, बिराए पछि सच्चिने । हाम्रो जस्तो ममतामयी देश, बन्धुबान्धवको भावनाले ओतप्रोत देश, यहाँका मानिस पनि स्वार्थी, लोभि र संक्रिण भए, स्वर्गको एक टुक्रा धर्तीमा अन्त कहाँ भेटिएला र ।

Share this story

Pass this reflection along to friends, reading groups, or social circles.